Thursday, November 28, 2024

२०८१ मंसिर १३, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रिय बीमा कम्पनीको खुद नाफा बढ्यो


राष्ट्रिय बीमा कम्पनीको खुद नाफा बढ्यो

काठमाडौं, श्रावण ३२ । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ७७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलानामा ६३.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि ७.७४ प्रतिशतले बढेर ३७ करोड २१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ३४ करोड ५३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीले पुनर्बीमा कमिशन वापत २० करोड ५७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १६ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ७७ करोड १५ लाख रुपैयाँ र बीमा कोषमा ३ अर्ब ५ करोड ३२ लाख रुपैयाँ सञ्चित छ।कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २८९ रुपैयाँ ७३ पैसा, प्रतिशेयर नेटवर्थ १५१४ रुपैयाँ ४७ पैसा र मूल्य आम्दानी अनुपात ५५.५६ गुणा रहेको छ ।