Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विद्युतीय सवारी आयात हालसम्मकै उच्च


विद्युतीय सवारी आयात हालसम्मकै उच्च

काठमाडौं, साउन ९ । विद्युतीय सवारी कार,जीप र भ्यान प्रति नेपालीको आकर्षण बढ्को छ । एक वर्षमा ४ हजार बढी विद्युतीय गाडी नेपाल भित्रिएको छ ।भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९,८० को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विद्युतीय सवारी आयात उच्च दरमा वृद्धि भएको छ । समिक्षा अवधिमा ४ हजार ५० वटा विभिन्न तौल क्षमताका विद्युतीय सवारी नेपाल भित्रिएको हो ।

जुन हालसम्मकै उच्च आयात हो ।गत असार मसान्तसम्ममा ११ अर्ब ८४ करोड ८ लाख ९५ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएको विभागले बताएको छ । जुन, अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा २.२४ गुणाले बढी हो । अघिल्लो आवमा कुल ५ अर्ब ३२ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको १ हजार ८०७ वटा मात्रै विद्युतीय गाडी नेपाल भित्रिएको थियो ।

सरकारले पाउने राजश्व पनि दोब्बर वृद्धि भएको छ । विद्युतीय सवारी आयातबाट ३ अर्ब ३० करोड ४४ लाख बढी राजश्व सरकारले प्राप्त गरेको हो ।नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ । नेपाल अटो बजारमा पनि विस्तारै विद्युतीय गाडी केन्द्रित भएको पाइन्छ । विद्युतीय सवारी साधानका लागि सरकारले पनि नीति मार्फत नै प्रोत्साहन गरेको छ ।

सरकारले चालु आव २०८०र८१ को बजेट मार्फत नै पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहित गर्ने उल्लेख गरेको छ । जसले विद्युतीय सवारी प्रयोगको संख्या वृद्धिमा थप योगदान गरेको छ ।नेपालमा विश्वका भारत, चीन, कोरिया, अमेरिका, बेलायतबाट विद्युतीय सवारी आयात हुने गरेको छ ।

ती मुलुकहरुबाट १०० किलोवाटदेखि ३०० किलोवाटसम्मको तौल क्षमताका इभि नेपाल आउने गरेको छ । विश्व बजारका लोकप्रिय ब्राण्डको विद्युतीय कार, जीप, भ्यानहरु नेपालमा उपलब्ध छन् । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुुुण्डाइ, बिवाइडी ब्राण्डको विद्युतीय कारहरु निकै रुचाइएका विद्युतीय कारको ब्राण्ड हुन् ।

नेपालमा विद्युतीय सवारीमा आकर्षण र माग बढ्दोक्रममा रहेको नाडा अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष ध्रुप थापाले बताए ।