Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेका छन्ः गृहमन्त्री श्रेष्ठ


सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेका छन्ः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेको बताएका छन् ।

ज्यापु समाज यलको ३०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई जनताले भने समर्थन गरेको बताए । तर, यसलाई असफल पार्न विभिन्न हत्कण्डा देखा पर्न थालेको भन्दै उनले भने, ‘सुशासनको अभियान अगाडि नबढोस्, यसले विराम लिओस् । फेरि तैचुप मैचुप होस् भनेर नयाँ षड्यन्त्र देखा पर्न थालेका छन् ।’

तर, यस्ता षड्यन्त्रहरुलाई असफल बनाएर छाड्ने उनको भनाई छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका गृहमन्त्री श्रेष्ठले भने, ‘म कबुल गर्न चाहन्छु, सुशासनको अभियान जारी राख्ने छौं । सारा षड्यन्त्रलाई असफल बनाएर अगाडि बढ्ने छौं ।’