Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सडकमा दूध पोखेर किसानका समस्या समाधन हुन्छ ?


सडकमा दूध पोखेर किसानका समस्या समाधन हुन्छ ?

चितवन । दूध बिक्री हुन गाह्रो भएको र बिक्री भएको दूधको पैसा नपाएको विरोधमा चितवनका दुग्ध उत्पादक किसानहरूले आज सडकमा दूध पोखेर विरोध जनाएका छन् ।

यसअघि उनीहरूले चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापनपत्र बुझाउँदै किसानको समस्या तत्काल समाधान गर्न माग गरेका थिए । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको भरतपुरमा रहेको कार्यालयमा भेला भएका किसानहरू नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले समस्या समाधानमा कृषिमन्त्री उदासिन रहेको भन्दै राजीनामा माग गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी थापालाई ज्ञापनपत्र बुझाए लगत्तै भरतपुरको केन्द्रीय बसपार्क चोक पुगेका किसानहरूले केहीबेर चक्का जाम समेत गरे । समस्या सुल्झाउन सरकार संवेदनशील नभएको देखेका कारण ध्यानाकर्षण होस् भनेर बाध्य भएर दुई क्यान अर्थात ८० लिटर दूध सडकमा पोखेर विरोध जनाएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिका अध्यक्ष किशोर बगालेले बताए ।

अध्यक्ष बगालेका अनुसार चितवनका दूध किसानले समउनयता दुधको भुक्तानी पाउन सकेका छैनन् । विभिन्न डेरी उद्योगहरूले दूध लगे वापत चितवनका किसानलाई ५२ करोड रूपैयाँ भुक्तानी नगरेको बगालेले बताए । चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ । दुई चार दिनयता डेरी उद्योगले दूध लैजान आनाकानी गर्दा मिल्क होलि डे (दूध बिक्री नहुने) जस्तै भएको अध्यक्ष बगालले बताए ।