काठमाडौं, भदौ ४ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ पहिलो कारोबारमा नै अधिकतम ४८६ रुपैयाँसम्म खुल्ने देखिएको छ । कम्पनीको परिष्कृत वित्तीय विवरणका आधामा यस्तो देखिएको हो । कम्पनीको आव २०७८,७९ मा कम्पनीको प्रति सेयर नेटवर्थ १६२ रुपैयाँ २९ पैसा छ । सोही आधारमा कम्पनीको पहिलो कारोबारको लागि न्यूनतम १६२ रुपैयाँ २९ पैसादेखि अधिकतम ४८६ रुपैयाँ ८७ पैसासम्मको ओपन रेञ्ज पाउने भएको देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि वास्तविक नेटवर्थलाई आधार मानेर न्यूनतम र त्यसको तीन गुणासम्मको अधिकतम कारोबार रेञ्ज तोक्ने गरेको छ । सोही आधारमा ओपनिङ्ग रेञ्ज तोक्ने गरिएको छ ।