Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

गैरसहकारी व्यक्तिले सहकारीलाई बदनाम बनाउदैःअध्यक्ष ओली


गैरसहकारी व्यक्तिले सहकारीलाई बदनाम बनाउदैःअध्यक्ष ओली

काठमाडौँ । लामो समय सहकारी संस्थाहरुमा वित्तीय तरलताका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेका छन् । आज एक कार्यक्रममा ओलीले सहकारी क्षेत्रलाई बदनाम गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरे । 

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेपनि बढ्दो वित्तीय तरलताका कारण सहकारीलाई बदनाम गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरे । राजनीतिक दलको शीर्ष तहमा सहकारीका विषयमा चिन्ता व्यक्त गर्ने संभवतः अध्यक्ष ओली पहिलो नेता हुन ।

यस अघि रास्वपाले सहकारीका समस्या समाधानका विषयमा सरकारलाई सुझाव बुझाएको थियो । राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय सहकारी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा बताए ।

सहकारीको महत्व र गरिमालाई कायम राख्न यस क्षेत्रमा देखिएका विकृति हटाउन तथा सहकारीलाई बदनाम हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने उनको भनाइ थियो । अध्यक्ष ओलीले गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेका तथा नाफा कमाउने व्यवशायका रुपमा सहकारीलाई प्रयोग गर्न खोजेको   बताए ।