Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

प्रभु बैंकको करोडौ रकम अपचलन गरि फरार रहेका कर्मचारी निरज बिक्रम शाह पक्राउ


प्रभु बैंकको करोडौ रकम अपचलन गरि फरार रहेका कर्मचारी निरज बिक्रम शाह पक्राउ

पश्चिम रुकुम । पश्चिम रुकुमको आठविसकोट नगरपालिका ९ राडिमा रहेको प्रभु बैंकबाट करोडौ रकम अपचलन गरि फरार रहेका बैकका कर्मचारी निरज बिक्रम शाह पक्राउ परेका छन् । बैंकको अपरेशन ईन्चार्ज पदमा कार्यरत शाहलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो ।

पक्राउ परेका शाहलाई शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित जमुनाहबाट शाहलाई पक्राउ गरिएको बताए । 

प्रहरी निरिक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले चैत ८ गते बिहिबार शाहलाई पक्राउ गरेको थियो । शाहले बैंकमा कार्यरत रहँदा बैंकको खाताबाट एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको भन्दै प्रभु बैंकका कर्णाली प्रदेश प्रमुख शरद राज तिमिल्सिनाले मुद्धा दर्ता गराएका थिए । तिमिल्सिनाले आठविसकोट नगरपालिकाको खाताको तीन वटा चेक मार्फत उक्त रकम अपचलन गरेको आरोपमा बैंकिङ कसुर शिर्षकमा मुद्धा चलेको थियो ।

प्रहरी नायब उपरिक्षक भट्टराईमा अनुसार आठविसकोट नगरपालिकाको उक्त रकम भूकम्प पीडितहरुको अस्थायी आवास निर्माणका लागि निकासा गर्नलाई बैंकमा पठाईएको रुपियाँ हो । यस बाहेक अन्य सेवाग्राहिहरुको लाखौ रकम समेत कर्मचारी शाहले हिनामिना गरिएको देखिन आएको प्रहरीको भनाई छ । शाहलाई उच्च अदालत सुर्खेतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।