Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मिड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँट गर्दै


मिड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँट गर्दै

काठमाडौं, असोज १०। मिड सोलु हाइड्रोपावर लिमिटेडले आज आइपीओ बाँडफाँट गर्ने भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले बेलुका ५ कार्निभल रेस्टुरेन्टमा शेयर बाँडफाँट गर्न लागेएको हो । कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीको आइपीओमा १३ लाख ५४ हजार ८४६ आवेदनकर्ताले १ करोड ५१ लाख २२ हजार २५० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरिरहेको ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ ५ पैसा रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.११ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.८७ वर्ष रहेको छ । आयोजनाले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारीक उत्पादन गरिरहेको छ ।