Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

डा.भीम रावलले आगामी रणनीतिका विषयमा पत्रकार सम्मेलन गर्ने


डा.भीम रावलले आगामी रणनीतिका विषयमा पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । एमालेले निष्कासन गरेको डा भीम रावलले नयाँ रणनीतिका विषयमा आज पत्रकार सम्मेलन गर्ने भएका छन् । आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेका हुन ।

एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् । आजको पत्रकार सम्मेलनमा उनले सो जानकारी दिने बुझीएको छ । दिउँसो १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलनमै नयाँ पार्टीका विषयमा उनले जानकारी दिने छन् ।

एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको गत बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।