Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल धितोपत्र बोर्ड नौ अर्ब २५ करोडको आइपीओ निष्कासनको तयारीमा


नेपाल धितोपत्र बोर्ड नौ अर्ब २५ करोडको आइपीओ निष्कासनको तयारीमा

काठमाडौं,नेपाल धितोपत्र बोर्डमा आइपीओ प्राथमिक सेयर निष्कासनका लागि ९ अर्ब २५ करोड मूल्य बराबरको ६ करोड ३३ लाख ३१ हजार कित्ता सेयर स्वीकृतिको पखाईमा रहेका छन् । बोर्डका अनुसार प्राथमिक चरणमा सातवटा कम्पनी रहेका छन् । यस चरणमा ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको पाँच करोड ६० लाख कित्ता सेयर निष्कासनका लागि आवेदन परेको छ।

त्यस्तै, प्रारम्भिक समीक्षा अन्तर्गत ४० करोड ८५ लाख मूल्य बराबरको ७२ लाख ५६ हजार कित्ता सेयर निष्कासनको तयारीका क्रममा रहेका छन् । यसमध्ये रिलायन्स स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ पक्रिया अन्तर्गत निष्कासनको तयारी छन् ।सर्वोत्तम सिमेन्टको पाँच सय १ रुपैयाँ देखि ७ सय ५१ रुपैयाँ ५० पैसामा मूल्य समायोजन हुनेछ भने रिलायन्स स्पिनिङ मिल्सको ६ सय ८ रुपैयाँदेखि नौ सय १२ रुपैयाँसम्म तोकिएको छ।

रिलायन्सले ७ लाख ७० हजार ६ सय ४० कित्ता र सर्वोत्तमले २४ लाख कित्ता सेयर बुक बिल्डिङद्वारा निष्कासन गर्ने तयारी गरेका छन् । सातवटा कम्पनीमध्ये पाँचवटा कम्पनी प्राथमिक चरणमा रहेका छन् भने दुईवटा कम्पनी बोर्डको प्रारम्भिक प्रतिक्रियाको चरणमा रहेका छन् ।