Sunday, June 15, 2025

२०८२ असार १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आक्रमक बन्दै मुकुल ढकाल, दोस्रोपटक पठाएको स्पष्टीकरणमा लामिछाने माथि प्रतिप्रश्न


आक्रमक बन्दै मुकुल ढकाल, दोस्रोपटक पठाएको स्पष्टीकरणमा लामिछाने माथि प्रतिप्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदीय भूमिकाबाट हटाएका मुकुल ढकाल सभापति रवि लामिछाने विरुद्ध थप आक्रमक बन्दै गएका छन् । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

दोस्रोपटक स्पष्टीकरणका लागि पठाइएको पत्रको जवाफ फर्काउँदै ढकालले सभापति लामिछाने माथि प्रतिप्रश्न गरेका छन् । उनले रवि लामिछानेका विषयमा आएका सबै विषय प्रमाणित गर्ने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, सहकारीमा ठगी गर्नु भएको छ, तपाईँले मन्त्री हुँदा भ्रष्टाचार गर्नु भएको छ र तपाईँ राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु,’ लामिछाने सहकारी ठगी, राहदानी दुरुपयोग र किर्तेमा संलग्न रहेको आरोप ढकालले लगाएका छन् ।