Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंकले १३ अर्ब को विकास ऋणपत्र निष्कासन गर्दै


राष्ट्र बैंकले १३ अर्ब को विकास ऋणपत्र निष्कासन गर्दै

काठमाडौं, नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ग’ बोलकबोल प्रक्रियामार्फत् निष्कासन गर्न लागिएको राष्ट्र बैंकले बताएको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नागरिकले खरिद गर्न पाउनेछन्।

१३ अर्बको विकास ऋणपत्र निष्कासन हुँदै बोलकबोल प्रक्रियामा आज (आइतबार) दिउँसो ३ बजेसम्ममा भाग लिन सकिनेछ। विसं २०८८ असोज १५ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।