काठमाडौं,प्रधानमन्त्री दाहालले पेट्रोलियम पदार्थको बढाइएको मूल्य कार्यान्वयन नगर्न बताएका छन् । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो। चाडवार्डको मुखमा निगमले गरेको मुल्यवृद्धिले जनतालाई मार पर्ने भन्दै प्रधानमन्त्री दाहालले आइतबार बिहान निगमलाई तत्काल बढाइएको मूल्य लागू नगर्न निर्देशन दिए ।पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता लिन प्रधानमन्त्रीको निर्देशनसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निगमले गरेको मूल्यवृद्धि तत्काल लागू नगर्न प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिइन् ।
मूल्यवृद्धि निगमले गरेको हो । यो मूल्य समायोजन प्रणालीमा आधारित भएर गरिएको हो, उनले भनिन्, तर चाडवाडको मुखमा त्यो मूल्यवृद्धिले सर्वसाधारणलाई मार पर्ने भएकाले प्रधानमन्त्रीले तत्काल त्यो मूल्यवृद्धि लागू नगर्न निगमलाई निर्देशन दिएका छन् । उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा निगमले नै जानकारी दिने समेत बताइन् । सरकारले चाडवाड लक्षित बजार अनुगमन र महँगी नियन्त्रणको प्रयास गरिरहेको भन्दै मन्त्री शर्माले गैरकानुनीरुपमा गरिएको मूल्यवृद्धि र कालोबजारीलाई कारबाहीको दायरामा ल्याइने बताइन् ।