Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

लालगढमा चारतारे होटल सञ्चालन


लालगढमा चारतारे होटल सञ्चालन

धनुषा । धनुषाको लालगढमा चारतारे मापदण्डको गौतम होटल सञ्चालनमा आएको छ । शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गरेपछि चारतारे मापदण्डका होटल सञ्चालनमा आएको हो ।

होटल उद्घाटन गर्दै मुख्यमन्त्री यादवले पर्यटन तथा प्रान्तीयस्तरमा हुने कार्यक्रम, सभा, गोष्ठीका लागि होटल व्यवसायमा लगानी बढ्नु सुखद् भएको बताए । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत विभिन्न पर्यटन क्षेत्रमा घुम्न आउने पर्यटक तथा व्यापारीलाई उत्कृष्ट सेवा उपलब्ध गराउन भन्दै होटलको उत्तरोत्तर प्रगतिको शुभकामना दिए ।

सञ्चालक हिरा गौतमले सो होटल सञ्चालनमा ल्याउनु भएको छ । युवा उद्यमी तथा होटल व्यवसायी गौतमले ‘समय सापेक्ष बदलिँदो सोच, गौतम होटलको नवीनतम अठोट’ भन्ने भावका साथ विश्वस्तरको सुविधा सम्पन्न होटल निर्माण गरिएको बताए । पूर्वपश्चिम राजमार्गसँग जोडिएको लालगढमा करिब एक बिघा क्षेत्रफलमा ३५ करोड रुपियाँको लागतमा होटल निर्माण गरिएको हो ।

हरियाली एवम् रमणीय वातावरणयुक्त स्थानमा निर्माण भएको यस होटलमा १५० जनासम्म बसोबास गर्न मिल्छ । होटलमा स्वीमिङग पुल, बगैँचा, फिटनेस सेन्टर, स्टिम बाथ र पर्याप्त पार्किङको स्थान छन् । यसलगायत होटलमा सभा सम्मेलन र गोष्ठीका लागि विभिन्न कक्ष रहेको सञ्चालक गौतमले बताए । उनुभयो ।