Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती पक्राउ


राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती पक्राउ

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् । बालाजुबाट बुधबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई महाराजगञ्ज प्रहरीवृतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष उप्रेती विरुद्ध बचत रकम हिनामिना गरेको जाहेरी परेको थियो ।

नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत रहेका उप्रेतीलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि पार्टीले जिम्मेवारीबाट हटाइएको थियो । यता, अध्यक्ष उप्रेतीलाई प्रहरीले पक्राउ गरेपछि उनको नेतृत्वमा रहेको सहकारी बैंक तथा सहकारी संस्थाको अबस्था के हुने भन्ने प्रश्न उब्जीएको छ ।

सहकारी अभियन्ता समेत रहेका उप्रेती जोडिएका अन्य वित्तीय संस्थाहरुमा समेत तरंग फैलिएको छ। विशेषगरि उनको नेतृत्वमा रहेको सहकारी बैंक त्यहाँको वित्तीय प्रणालीमा थप समस्या आउने सहकारी अभियन्ताहरुको भनाई छ ।

देशैभरिका सहकारीहरुको साझा संस्थाकारुपमा रहेको सहकारी बैंककै नेतृत्व प्रहरी हिरासतमा हुँदा देशका सहकारी संस्थाहरुमा थप आर्थिक समस्या बढ्ने आकलन गरिएको छ । त्यस्तै, सहकारी बैंकबाट अध्यक्षको सहकारीमा ठुलो रकम ऋण प्रवाह भएकाले सहकारी बैंककै अबस्था के हुने भन्ने ठुलो आशंका बढेको छ । उनको सहकारीमा योजना विनै सहकारी बैंकले लगानी गरेको कतिपय संस्थाहरुले आरोप समेत लगाएका थिए ।