काठमाडौं । पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आफनो सेवा सुविधा वापत आउने रकम बाढीपहिरो प्रभावितका लागि सहयोग गर्ने घोषणा गरेका छन् । उनले आफ्नो तीन वर्षको सेवा सुविधावापतको १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका हुन । आइतबार बसेको कार्यपालिकाको बैठकबाट आधिकारिक निर्णय नै गराएर उनले सेवा सुविधावापतको रकम काभ्रे जिल्लाका प्रभावित पालिकाका पीडितका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।
पाँचखालका मेयर महेश खरेलले तीन वर्षको तलव बाढी प्रभावितलाई दिने