काठमाडौं । चितवनको नारायणगढ—मुग्लिङ सडकमा सडक माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका—६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा ५ जना यात्रु घाइते भएका हुन् । घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइतेहरूमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले काठमाडौंबाट बर्दिया जान आइरहेको ना७ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ आउँदै गरेको बा प्र ०६—००१ ज ०२३६ नम्बरको माइक्रोबसमाथि ढुंगा लागेको हो । घाइते यात्रु बसका हुन् । माइक्रोबसका यात्रुलाई केही नभएको प्रशासनले जनाएको छ । दुवै सवारी आफ्नो गन्तब्यतर्फ लागेका छन् ।