Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

'थ्रेटकन २०२३'क्याम्चर द फ्ल्याग' प्रतियोगिताको शीर्ष ५ मा सफ्टवेरिका सम्पन्न


'थ्रेटकन २०२३'क्याम्चर द फ्ल्याग' प्रतियोगिताको शीर्ष ५ मा सफ्टवेरिका  सम्पन्न

काठमाडौं, भदौ ३१ । ह्याकरहरूको सम्मेलन थ्रेटकन थ्रेट्कन २०२३ सम्पन्न भएको छ। साइबर सुरक्षा फर्म थ्रेटनिक्सले २५ गतेदेखि २७ गतेसम्म यो कार्यक्रम आयोजना गरेको बताएको छ। काठमाडौंको होटल याक एन्ड यतिमा भएको तीन दिने कार्यक्रममा ह्याकरको वर्कशप, सम्मेलन तथा विभिन्न कार्यक्रमहरू भएका थिए। जसमध्ये क्याम्चर द फ्ल्याग सिटिएफ प्रतियोगिता पनि एक हो। उक्त प्रतियोगितामा विभिन्न कलेज तथा आइटी कम्पनीहरूलाई प्रतिनिधित्व गर्दै कुल ३८ समूहको सहभागी रहेको थियो।

जसमध्ये उत्कृष्ट पाँच समूहमा सफ्टवेरिका कलेजका विद्यार्थीहरू पनि पर्न सफल भए।प्रथम हुने समूहले १० हजार रुपैयाँ नगद पुरस्कार र १६०० डलर करिब २ लाख १४ हजार रुपैयाँ बराबरको ओएससिपी प्रमाणपत्र पिइएन २०० कोर्ष, ल्याबमा ९० दिनको पहुँच र परीक्षा प्राप्त गर्न सफल भए। दोस्रो हुने समूहले साढे सात हजार रुपैयाँ नगद सहित २०३ डलर करिब २७ हजार बराबरको प्रतिष्ठित दी बक्स एचटिबी को एक वर्षसम्म भिआइपी पहुँच र छ महिनाका लागि १६८ डलर करिब २२ हजार रुपैयाँ बराबरको दुई ओटा भिआइपी सब्सक्रिप्सन हात पारे।

त्यसैगरी, तेस्रो हुने समूहले पाँच हजार नगद पाए। साथै याक दी बक्सको एक वर्षसम्म भिआइपी पहुँच र छ महिनाका लागि ८४ डलर करिब ११ हजार रुपैयाँ बराबरको एउटा भिआइपी सब्सक्रिप्सन पाएका थिए।वार्षिक रूपमा आयोजना हुने यो कार्यक्रम साइबर सुरक्षा र ह्याकिङमा रुचि राख्नेहरूको रुचिको केन्द्र बनेको बताएको छ।

जसका कारण विश्वचर्चित ब्ल्याकह्याट डेफ कन जस्ता साइबर सुरक्षा कार्यक्रमहरू जस्तै थ्रेटकनले पनि आफ्नो पहिचान गरेको छ। जुन यो पटकको पाँचौ संस्करणमा पनि भयो। नेपालमा साइबर सुरक्षासम्बन्धी यस्ता प्रतियोगिताहरू आयोजना गर्नाले युवाहरूलाई यस क्षेत्रमा आउन र विशेषज्ञता हासिल गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ। यस्ता कार्यक्रमहरूले उनीहरूलाई समस्या समाधान गर्ने सीप सिकाउने, साइबर सुरक्षा सम्बन्धी बुझाइ विकास गर्ने, साइबर सुरक्षा चुनौतीहरूका लागि तयारी यरेको छ।