Sunday, June 15, 2025

२०८२ असार १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विद्युतीय सवारी साधन किन्ने व्यक्तिलाई महानगरपालिकाले लिने करमा ५ प्रतिशत छुट दिने


विद्युतीय  सवारी साधन किन्ने व्यक्तिलाई महानगरपालिकाले लिने करमा ५ प्रतिशत छुट दिने

काठमाडौं । ललितपुर महानगरपालिकाले विद्युतीय  सवारी साधन किन्ने व्यक्तिलाई ५ प्रतिशत छुटको घोषणा गरेको छ । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधन खरिद गरेको विल पेश गर्ने व्यक्तिलाई महानगरपालिकाले लिने करमा ५ प्रतिशत छुट दिइने घोषणा गरेको हो।

वायु प्रदुषण नियन्त्रणका लागि निजी तथा सार्वजनिक यातायातका विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने भन्दै मेयर महर्जनले डिजेल र पेट्रोलयुक्त सवारी साधनहरुलाई प्रतिस्थापन गर्दै लैजाने बताए ।

यस्तै ललितपुर महनागरपालिको भवन निर्माणको स्वीकृति दिँदा नै निश्चित मापदण्ड बनाएर एक घर, एक बोट को अवधारणा लागु गर्ने घोषणा गरेको छ। चालिस माइक्रोनभन्दा कमका प्लाष्टिकका झोलाहरुको प्रयोगलाई निरुत्साहित बनाउने घोषणा गर्दै ललितपुरले विकल्पको रुपमा फाइबरकागज कपडाको झोला उत्पादनको व्यवस्था गर्ने बताएका छन् । वातावारण प्रहरी राख्ने घोषणा गरेको महानगरले हरियाली पार्क निर्माणलाई अभियानको रुपमा सञ्चालन गर्ने बताएको छ ।