काठमाडौं । मुलुकमा आर्थिक तरलताका कारण देशको अर्थतन्त्र खस्किएको अबस्थामा बाणिज्य बैंकहरुले खुद नाफा सार्वजनिक गर्दा सहकारी सञ्चालनकहरु चयनको निद्रा सत्न सकेनन् । आइतबार २० वटा बैंकहरुले ७० अर्ब १७ करोड नाफा सार्वजनिक गर्दा अहिले सहकारीका सञ्चालकहरु भागाभागको स्थीतिमा छन् ।
कयौं सहकारी सञ्चालक पलायन भइसकेका छन् भने, कयौं सोहि अबस्थामा छन् । राज्यले तीन खम्बे अर्थनीतिमा सहकारीलाई राखेको छ । तर, अहिले सहकारीका सञ्चालक अप्ठेरोमा पर्दा राज्य मौन छ । गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुले महंगो ब्याजको लोभमा ग्राहकहरुसँग पैसा उठाएका थिए ।
कति पय बैैंकले पैसा भित्राए ठुलो कमिसन दिने प्रलोभनमा ग्राहकहरुसँग पैसा उठाए । जसले गर्दा सहकारीमा रहेको बचत कयौं व्यक्तीले बैंकमा लगेर थुपारेका थिए । देशमा बढ्दो आर्थिक तरलता र सहकारीमा बचत कम हुँदै गर्दा सहकारीहरु आर्थिक समस्यामा पर्न थालेका अबस्थामा बैंकहरुले महंगो ब्याजको प्रलोभन देखाए र आज सहकारीको यो अबस्था छ । एक सहकारीकर्मीले भने । गत आर्थिक वर्ष ०७९-८० मा वाणिज्य बैंकहरूले कुल ७० अर्ब १७ करोड खुद नाफा कमाएका छन् । चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकको नाफा अघिल्लो आर्थिक वर्ष ०७८-७९ को तुलनामा २५ प्रतिशत बढेको छ ।
अघिल्लो आर्थिक वर्ष ०७८-७९ मा ५६ अर्ब १७ करोड खुद नाफा कमाएका थिए । यस वर्ष केही बैंकको मर्जपछि एकीकृत वित्तीय विवरण सार्वजनिक भएकाले नाफामा पहिलेको तुलनामा उल्लेख्य वृद्धि देखिएको हो, जसले गर्दा तत्कालीन नेपाल बंगलादेश बैंक गाभेको नबिलको नाफा पनि सबैभन्दा धेरै ७६ प्रतिशतले बढेको देखिन्छ । नबिलले सबैभन्दा धेरै ७ अर्ब ५२ करोड खुद नाफा आर्जन गरेको छ । नबिलपछि ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड खुद नाफा कमाएको छ । प्राइम र कुमारी बैंकको नाफा भने गत वर्षको तुलनामा घटेको छ । प्राइम कमर्सियल बैंकको १८ र कुमारीको नाफा २४ प्रतिशतले घटेको छ ।
यो आकडा हेरिसकेपछि हामीलाई लागेको हुन सक्छ अहिलेको अबस्थामापनि बैंकहरुले कसरी नाफा कमाए ? उनिहरुको आयस्रोत के ? आर्थिक समस्या हुदै गर्दा अधिकांस व्यक्तीले सहकारीमा भएको रकम फिर्ता लिन थाले, त्यहि बिचमा सहकारी बचतकर्ताको रकम फिर्ता दिन नसक्ने अबस्था आएपछि सहकारी सञ्चालकले सहकारी बन्द गरेको घटनाहरु बाहिरिन थालेपछि समस्या बढ्दै गयो ।
मुख्यगरि सहकारीले बजारमा गरेको लगानी समयमा फिर्ता नहुँदा बचतकर्ताले समयमा भुक्तानी पाउन सकेनन् । जसले गर्दा सहकारीमाथि भ्रम बढ्न थाल्यो । यसैको फाइदा बैंकहरुले लिएको एक सहकारी अभियन्ताको भनाई छ । देशभर करिब ३४ हजार बचत तथा ऋण सहकारी संस्थाहरु छन् ।