Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रधानमन्त्री विभिन्न मन्त्रालयका सचिवहरू सँग छलफलमा


प्रधानमन्त्री विभिन्न मन्त्रालयका सचिवहरू सँग छलफलमा

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूसँग मन्त्रालयगत कामकारबाहीबारे ब्रिफिङ लिन सुरु गरेका छन् । आइतबार सिंहदरबारमा सबै सचिवहरुलाई बोलाएर ब्रिफिङ लिन थालिएको हो । बैठकमा उपप्रधानमन्त्रीहरुसहित मन्त्रीहरू पनि सहभागी छन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरुसहित सुरक्षा निकायका सहभागी कार्यक्रममा सबैले मन्त्रालयको कामकाज, खर्चको अवस्था र समस्याहरुबारे जानकारी दिंँदै छन् । सचिवहरुको ब्रिफिङपछि प्रधानमन्त्रीले मन्त्री र सचिवहरुलाई निर्देशन दिने प्रधानमन्त्रीको निजि सचिवालयले बताएको छ ।