Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

डेमोक्रयाट्स र रिपब्लिकन्स दुवै दलका उम्मेदवारहरूको चुनावी विज्ञापनमा १५ खर्ब खर्च


डेमोक्रयाट्स र रिपब्लिकन्स दुवै दलका उम्मेदवारहरूको चुनावी विज्ञापनमा १५ खर्ब खर्च

काठमाडौँ । अमेरिकी चुनावका लागि डेमोक्रयाट्स र रिपब्लिकन्स दुवै दलका उम्मेदवारहरूले कुल १० अर्ब ५० करोड डलर (हालको विनिमय दरअनुसार करिब १४ खर्ब ७० अर्ब रुपैयाँ) विज्ञापनमा खर्च गरेको पाइएको छ । डेमोक्य्राक्ट्सले ५.१ अर्ब डलर र रिपब्लिकन्सले ४.१७ अर्ब डलर खर्च गरेका छन् । बाँकी १.३६ अर्ब डलर स्वतन्त्र समूहहरूले चुनावी विज्ञापनमा खर्च गरेको पाइएको छ ।

रेडियो, टेलिभिजन, स्याटलाइट, केबल र डिजिटल विज्ञापनमा यत्तिका रकम खर्च गरिएको विज्ञापन गणना गर्ने संख्या एडइम्प्याक्टको तथ्यांकले देखाएको छ । अमेरिकाको नेसनल पब्लिक रेडियो ९एनपीआर० ले गरेको विश्लेषणअनुसार सबैभन्दा धेरै पेन्सलभेनियामा उम्मेदवारहरूले विज्ञापनमा पैसा हालेका थिए ।

अत्यन्तै कडा प्रतिस्पर्धामा रहेको र ‘स्विङ स्टेट’ भनिने अनिर्णीत राज्यमध्ये प्रमुख मानिएको पेन्सलभेनियामा मात्रै १.२ अर्ब डलर खर्चिएर उम्मेदवार एवं दलहरूले विज्ञापन सम्प्रेषण गरेका थिए । पेन्सलभेनियामा डेमोक्य्राक्टसले ६३ करोड ७० लाख डलर र रिपब्लिकन्सले ५४ करोड ३० लाख डलर विज्ञापनमा खन्याएका थिए । राष्ट्रपतिको चुनावी अभियानसँगै सिनेट र हाउसको चुनावका लागि पनि यो राज्यमा कडा प्रतिस्पर्धा छ ।

सिनेट प्रतिस्पर्धामा ३४ करोड ४० लाख डलर खर्च भएको छ । तथापी, सिनेटको चुनावका लागि सबैभन्दा बढी खर्च चाहिँ ओहायोमा गरिएको छ जहाँ करिब ५१ करोड ८० लाख डलरको विज्ञापन बजिसकेको एनपीआरको विश्लेषण छ । राष्ट्रपति चुनावका लागि सबै राज्यमा गरेमा ३ अर्ब डलरको विज्ञापन गरिएको तथ्यांक अमेरिकी सञ्चार माध्यमले प्रस्तुत गरेका छन् । राष्ट्रपतिय चुनावी अभियान मुख्यतया सातवट प्रदेशमा सिमित रहेको देखिन्छ,’ एनपीआरको लेखेको छ, ‘प्रत्येक ५ डलरमध्ये ४ डलर पेन्सलभेनिया, मिसिगन, विस्कन्सिन, जर्जिया, नर्थ क्यारोलाइना, एरिजोना र नेभाडामा खर्च गरिएको छ ।’

प्रतिस्पर्धी राज्यको सन्दर्भमा सन् २०२० को तुलनामा यसपटक राष्ट्रपति चुनावमा गरिएको खर्च उल्लेखनीय भएको एनपीआरको विश्लेषण छ । सन् २०२० को आम निर्वाचनमा फ्लोरिडामा ३७ करोड १० लाख डलर विज्ञापनमा खर्च गरिएकोमा यसपटक ४० लाख डलर मात्रै खर्च भएको छ । सन् २०२० मा सबैभन्दा धेरै रकम जर्जियामा खर्च भएको थियो । त्यो बेला जर्जियामा राष्ट्रपतिको चुनावका लागि तिब्र प्रतिस्पर्धा थियो र सिनेटको रन-अफ निर्वाचनसमेत भएको थियो। तर २०२० मा जर्जियामा भएका सबै चुनावहरूमा जम्मा ७८ करोड ७० लाख डलर खर्च भएको थियो, जुन यस वर्ष पेनसिल्भेनियामा देखिएको खर्चभन्दा लगभग आधा अर्ब डलरले कम हो ।