Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अस्वाभाविक बजार मूल्य नियन्त्रण गर्न सरकारले सहुलियत पसलबाट ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने

यसका लागि सरकारले ३ करोड बजेट विनियोजन गरेको छ


अस्वाभाविक बजार मूल्य नियन्त्रण गर्न सरकारले सहुलियत पसलबाट ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने

काठमाडौँ । बिहीबारदेखि सुरु गरेको सहुलियत मूल्य पसलबाट सरकारले ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने भएको छ । दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घ्यूसहित ५० हजार क्विन्टल खाद्यान्न बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी ५ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रति केजी ७ रुपैयाँ तथा कर्णालीको विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी ७ रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

काठमाडौँ उपत्यका ४ स्थानहरू (थापाथली, रामशाहपथ, नख्खु र  सूर्यविनायक) सहित ४२ जिल्लाका ६३ स्थानहरूमा कम्पनीको विक्री कक्षहरू राखिएका छन् । सहुलियत मूल्य पसल माघ २ गतेसम्म सञ्चालन हुनेछन् ।

यसका लागि सरकारले ३ करोड बजेट विनियोजन गरेको छ । नेपालीहरूको प्रमुख चाड दसैँ, तिहार र छठका समयमा दैनिक उपभोग्य वस्तुहरूको माग अत्यधिक हुने गरेको तर बजार मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने अवस्था रहेकाले सहुलियत मूल्य पसल सञ्चालन गर्नुपरेको कम्पनीको भनाइ छ ।