Saturday, August 16, 2025

२०८२ श्रावण ३२, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उड्नै लागेको जहाजबाट फर्काइए राजेशपायल राई


उड्नै लागेको जहाजबाट फर्काइए राजेशपायल राई

काठमाडौँ । चर्चित गायक राजेशपायल राई विभिन्न कारण विवादित र आलोचित हुने गरेका छन् । अहिले उड्नै लागेको जहाजबाट फर्काइए पछि उनको आलोचन सुरुभएको छ । दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि उनलाई फर्काइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले जानकारी दिए।

एक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका थिए । विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग झगडा गर्न थालेपछि राईलाई प्रहरीको जिम्मा लगाइएको बताइएको छ । यसअघि पनि उनी मदिरा सेवन गरेर हल्ला गरेको आरोपमा पक्राउ परेका थिए। पटक पटक राजेशपायल राई आफ्नो हर्कतका कारण विवादमा तानिँदै आएका छन्।