काठमाडौं । जिल्ला ट्राफिक प्रहरी मकवानपुर कार्यालयले हेटौँडा—काठमाडौँ सडकखण्ड तीन दिनका लागि बन्द हुने जानकारी दिएको छ। मिति २०८१ कार्तिक २ गते बिहान ९ बजेदेखि हेटौँडा—भैँसे—भिमफेदी—कुलेखानी—काठमाडौँ सडकखण्डमा हेम पाइप राख्ने कार्यका कारण यातायात अवरुद्ध हुने भएको भन्दै प्रहरीले सो जानकारी गराएको हो । यस अवधिमा यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ। प्रहरीले त्रिभुवन लोकपथ अन्तर्गत पालुङ—कुन्छाल—चित्लाङ—चन्द्रागिरि हुँदै काठमाडौँ जाने मार्ग वा कान्तिराजपथको प्रयोग गर्न सुझाव दिएको छ।
हेटौँडा—काठमाडौँ सडकखण्ड तीन दिनका लागि बन्द हुने