काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखको उपनिर्वाचनकालागि रास्वपाका कीर्तिपुर नगर सभापति जयराम कार्कीको मात्रै दावी परेको छ । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवार हुन इच्छुकका लागि २२ देखि २५ कात्तिकभित्र दाबी पेश गर्न आह्वान गरेको थियो । त्यस अवधिमा कार्कीले मात्र दाबी पेश गरेका हुन् । कीर्तिपुरमा मेयर र दुई वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।
कीर्तिपुर उपनिर्वाचनः रास्वपाका नगर सभापति जयराम कार्कीको मात्रै दावी