Thursday, June 19, 2025

२०८२ असार ५, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

सेयर बजारमा साताको दोस्रो दिन दोहोरो अंकले वृद्धि


सेयर बजारमा साताको दोस्रो दिन दोहोरो अंकले वृद्धि

काठमाडौं, भदौ २५ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेको छ। अघिल्लो कारोबार दिन १० अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक ४४.३० अंक बढेर १९८६.९९ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.७३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८० अंक बढेको छ।यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।

अघिल्लो कारोबार दिन १ अर्बको शेयर खरिद बिक्री भएको बजारमा यस दिन २७८ स्टकको ३७ हजार ७९९ पटकको कारोबारमा १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको ४७ लाख ४२ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन थ्रीस्टार हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन मोलुङ हाइड्रोपावर र सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सर्वाधिक ७।७२ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने त्यस्तै, यस दिन एभरेष्ट बैंकको करिब ६ करोडको शेयर खरिद बिक्री भएको छ। सोमबार आज भने १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.४५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, विकास बैंक, उत्पादन तथा प्रशोधन, जीवन बीमा र निर्जिवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।