एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको ६६ प्रतिशत भूभाग र ७१ प्रतिशत जनसङ्ख्या भूकम्पको जोखिममा रहेको चेतावनी दिए । विपद्पूर्व तयारी देशका लागि अहिले महत्त्वपूर्ण रहेको बताए । उनले भौगोलिक रुपमा भूकम्पको सामना बढी गर्नुपर्ने देश भएकले विपद्पूर्वको तयारीमा जोड दिन आवश्यक रहेको बताए । गत फेब्रुअरीमा, देशको दक्षिणी भागमा शक्तिशाली भूकम्प जाँदा ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । एर्दोगानले टर्कीको प्राथमिक कार्य शहरी रूपान्तरण परियोजनाहरू हुने बताए ।
टर्कीको ६६ प्रतिशत भूभाग भूकम्पको जोखिममा