Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ललितपुर महानगरमा महिला उद्यमीका सामग्री बजारीकरणबारे छलफल


ललितपुर महानगरमा महिला उद्यमीका सामग्री बजारीकरणबारे छलफल


काठमाडौं, साउन ९।ललितपुर महानगरका महिला उद्यमीका समस्या, अवसर, उत्पादन भएका सामग्रीको बजारीकरणबारे छलफल गरिएको छ । ललितपुर महानगरपालिकाले सोमबार ‘तेस्रो महिला उद्यमी सम्मेलन को आयोजना गरेर देशको आर्थिक अवस्थामा टेवा पुयाइरहेका महिला उद्यमीले सामना गर्नुपर्ने समस्याबारे छलफल गरेको हो ।

सो महानगरका प्रमुख चिरीबाबु महर्जनले देश विकासमा टेवा पुयाउने माध्यम उद्यम क्षेत्रमा संलग्न महिला उद्यमीबिच छलफलपछि प्राप्त निष्कर्षलाई महानगरले कार्ययोजनाका रूपमा कार्यान्वयनका लागि वातावरण बनाउने प्रतिबद्धता जनाए । उनले महिलालाई उद्यमसँग जोड्न महानगरले प्रदान गर्ने तालिममा आफ्नो रुचि र लक्ष्य अनुसार सहभागी भएर महानगरसँग उद्यम स्थापनाका लागि न्यूनतम ब्याजदरमा बिउ पुँजीका लागि पनि माग गर्न आह्वान गरे ।

महानगरका उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले महानगरभित्र हजारौँको सङ्ख्यामा महिला उद्यमी रहेको र उद्यमीबिच एक आपसमा छलफल, साझा समस्याबारे समाधानको उपाय खोज्ने अवसरका लागि सम्मेलनको आयोजना गरिएको बताए । उनले सबैलाई रोजगारी दिन सकिँदैन तर सिपसहित मेहनत गरेर उद्यमी बन्न चाहनेलाई महानगरले उद्यमी बन्ने अवसर दिन विविध कार्यक्रम सञ्चालन गरिरहेको बताए।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले ललितपुर महानगरसँग सहकार्य गरेर महासङ्घले उद्यम विकासका विविध कार्यक्रम गर्दै आएको र महिला उद्यम विकासको अवस्थाले आफू उत्साहित भएको बताए । साथै महासङ्घले अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष निर्माण गरेर उत्पादित वस्तुको बजारीकरणको पहल गरिरहेको बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले महानगरले विविध विकास, निर्माण महानगरको सुव्यवस्थाका साथै उद्यम विकासका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको बताए । नेपालका लागि अस्टे«लियाका राजदूत फेलिसिटी भल्कले दूतावासमार्फत नेपाली महिलाको उद्यमशीलताका लागि सहकार्य गर्दै आएको र यहाँका महिलाले उद्यममा संलग्न भएर आत्मनिर्भर बनेको देख्दा खुसी लागेको बताए ।

त्यसै गरी युरोपियन युनियन (इयु) का नेपालका लागि राजदूत नोना डिप्रेजले महिला सशक्तीकरणका लागि आवश्यक आर्थिक आत्मनिर्भरको बाटो उद्यम नै हो भन्दै यस क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने बताए् । महिला उद्यमीको व्यावहारिक समस्या, सरोकारवाला निकायको भूमिकाबारे समूहगत छलफल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणा र डाँफे वक्र्सका अध्यक्ष कृतिष्मा कार्कीलगायत सफल महिला उद्यमीले उत्प्रेरणात्मक दिए ।