काठमाडौं । नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले एमाले र माओवादीले गलत राजनीति संस्कारलाई प्रशय दिइरेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा नेता रिजालेले राष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउन खोजेको भन्दै त्यसले जनताको मतलाई अपमान गर्ने बताए ।
उनले एमालेले पुर्वराष्ट्रपति विद्यादेवि भण्डारीलाई राजनीतिमा आउन उचालिरहेको बताए । त्यस्तै, माओवादी केन्द्रले पुर्वउपराष्ट्रपति नन्द किशोर पुनलाई सक्रिय राजनीतिमा ल्याउन पार्टीमा पदको तयारी गरिरहेको बताए ।
उनले भने, ‘जनताको मतले सम्मानीत पदमा पर्याएका व्यक्तिलाई पुनःराजनीतिमा ल्याएर के गर्न खोजिएको हो’ ? उहाँहरुलाई जनताले सम्मानगरि सक्यो फेरी मूलधारको राजनीतिक ल्याएर अपमान गर्ने ? दुई दलले कस्तो राजनीतिक संस्कारको अभ्यास गर्न खोजेका हुन बुझ्न सकिएन । पूर्वमन्त्री समेत रहेका रिजालले केपी ओली नेतृत्वको गठबन्धन सरकारले निषेधको राजनीति गरे देश दुर्घटनामा पर्ने चेतावनी दिए ।