Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कारोबारको अन्तिम दिन नेप्सेमा दोहोरो अंकले वृद्धि


कारोबारको अन्तिम दिन नेप्सेमा दोहोरो अंकले वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १६.५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से यो साता १८६६ अंकमा बन्द भएको छ ।

कारोबार रकम भने १ अर्ब ६५ करोडमा सीमित भएको छ । यसअघि बुधबार कुल २ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो । बिहीबार १७१ कम्पनीको मूल्य बढ्दा ३७ कम्पनीको घट्यो भने ११ को स्थिर रहृयो । बजारका सबै उपसमूह बढेकमा छन् ।

जसमध्ये बैंकिङ ७ प्रतिशत विकास बैंक १८प्रतिशत, फाइनान्स ११प्रतिशत, होटल तथा पर्यटन ५४प्रतिशत, जलविद्युत् ३१प्रतिशत, जीवन बीमा ८५प्रतिशत, उत्पादन ५५प्रतिशत, माइक्रोफाइनान्स २४प्रतिशत, निर्जीवन बीमा १६९प्रतिशत, अन्य ४ प्रतिशत ब्यापार उपसमूह ९ अंक बढे । धेरै मूल्य बढ्ने ५ कम्पनीमध्ये ४ हाइड्रोपावर रहेका छन् ।

जोशी हाइड्रोको मूल्य सबैभन्दा धेरै ६.९ प्रतिशत तथा बीपीडब्लूको मूल्य ६ प्रतिशत बढ्यो । एसियन हाइड्रोको ५, पााचथर पावरको ५ र नेरुढे लघुवित्तको ४.८ प्रतिशत मूल्य बढ्यो । आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.४ प्रतिशत घट्यो ।