Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मोरङको बुढीगंगा गाउँपालिकाले दोहोरो पटके कर असुल


मोरङको बुढीगंगा गाउँपालिकाले दोहोरो पटके कर असुल

काठमाडौं, भदौ २५। मोरङको बुढीगंगा गाउँपालिकाले दोहोरो पटके कर असुल गरेको पाइएको छ । सुनसरी मोरङ औद्योगिक क्षेत्रको हात्तीमुढा करिडोरका उद्योगमा कच्चा पदार्थ लिएर आउने ढुवानीका साधनले स्थानीय सडक पूर्वाधार सेवा शुल्कका नाममा दोहोरो पटके कर तिर्नुपरेपछि उद्योगीले आपत्ति बताएका छन् ।

उद्योगका नाममा कच्चा पदार्थ बोकेर आउने ढुवानीका साधनले आउँदा र फर्कदा दुवै पटक २ सय ८२ रुपैयाँ ५० पैसाका दरले पालिकालाई कर तिर्नुपर्ने बाध्यता छ । यो करिडोरमा साना ठूला गरी डेढ सय उद्योग सञ्चालनमा छन् । त्यस क्षेत्रका उद्योगीले निजी क्षेत्रका स्थानीय साझा संस्था उद्योग संगठन र मोरङ व्यापार संघमा संयूक्त निवेदन दिँदै समस्या समाधानको पहल गर्न आग्रह गरेका छन् । दुवै संस्थाले करमा पुनर्विचार गर्न पालिकालाई आग्रह गर्दा पनि अटेर गरेर जर्बजस्ती कर असुली जारी राखेका छन् ।

दोहोरो करका कारण ढुवानीका साधन नै आउन मान्न छाडेको फुजीमा आयल प्रालिका सञ्चालक सुवोध कोइरालाले बताएका छन् । गाउँपालिकाले सुनसरी मोरङ सिँचाइ योजनाको नहरमाथि ढाँट तेर्साएर आउँदा र जाँदा पनि कर अशुल गर्दै आएको छ । कोइरालाले भने । पालिकाले अघिल्लो पटक पनि ढुवानीका साधन र निजी सवारीमा दोहोरो पटके कर लिँदा सर्वत्र विरोध भएपछि हटाएको थियो । यसपालि पनि हटाउन उद्योगीले आग्रह गरे पनि टेरेको छैन ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले चार चक्के सबै सवारी आउँदा र जाँदा दैनिक ५ सय ६५ रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको बताएका छन् । स्थानीय सरकारलाई प्रत्येक उद्योगले व्यावसायिक, भूमि र सम्पती कर तिर्दै आएका छन् । त्यो करमा पनि पालिकाले गत वर्षको तुलनामा दोब्बरले वृद्धि गरेर उद्योगलाई अप्ठ्यारोमा पारेको छ ।

बुढीगंगा गाउँपालिकाले उद्योगका ढुवानीका साधन र उद्योगीले प्रयोग गर्ने निजी सावारीका साधनमा दोहोरो पटके कर लिएर दुख दिएको भन्दै स्वस्तिक जुट मिल्स, फुजिमा आयल, ग्रिन प्लाई नेपाल, रिजाल ग्यास, जेमिन रिसाइकलर्स, स्वस्ति पालिमार, एसियन ब्याट्री, अल्ट्राटेक सिमेन्ट, क्वालिटी नुडल्स, शिवम् फुटवेयर्स, अन्नपूर्ण सिमेन्ट कम्पनी सहित १७ वटा उद्योगले उजुरी दिएको उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चुडामणि भट्टराईले बताए ।पालिकाले सडक निर्माणकालागि शूल्क लिएको भन्दै हटाउन मानेको छैन । रिजालले भने । यस विषयमा कुरा गर्न खोज्दा पालिकाका प्रमुख जीतनरायण थापा मगर र कार्यकारी अधिकृत गिरिराज भट्टराई सम्पर्कमा आएनन् ।