Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंकले चार अर्ब चार करोड ७९ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने


राष्ट्र बैंकले चार अर्ब चार करोड ७९ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको चार अर्ब चार करोड ७९ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।

राष्ट्र बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा तीन अर्ब २३ करोड ८५ लाख, ‘ख’ वर्गका बैंकले ६० करोड ७१ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २० करोड २३ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।


बैंकले यही मंसिर २० गते राति १२ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । बैंकको तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम भएको, निष्क्रिय कूल कर्जा अनुपात यस बैंकबाट तोकिएको सीमाभित्र रहेको र निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने लगायत शर्त राखिएको छ ।