Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लक्ष्यअनुसार राजस्व संकलन भएनः अर्थमन्त्री महत


लक्ष्यअनुसार राजस्व संकलन भएनः अर्थमन्त्री महत

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठाउन नसकेको स्वीकार गरेका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भमा शुक्रबार विहान काठमाडौंमा भएको कार्यक्रममा अर्थमन्त्री महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै पनि धेरै दबाबमा रहेको बताए । उनले राजश्व केही वृद्धि भएपनि सरकारले लक्ष्यअनुसार राजस्व उठाउन नसकेको बताए । उनले राजश्व संरचनामा परिवर्तनका कारण समेत लक्ष्यअनुसार संकलन हुन नसकेको बताए ।

अहिले हामी राजश्वको दृष्टिकोणबाट धेरै दबाबमा छौँ । राजश्व केही वृद्धि भएको छ, तर हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन, अर्थमन्त्री महतले भने, त्यो नहुनुको कारण एउटा त राजश्व संरचनामा परिवर्तन आइरहेको छ ।

डिजिटल युगमा संसारै अगाडि बढेको छ। यो डिजिटलाइजेशन सँग सँगै अब ट्रान्जेक्शन व्यवसाय गर्ने शैली परिवर्तन भइसकेको छ । सरकारले पनि तौरतरिकालाई बदल्नुपर्ने देखिएको छ । उनले डिजिटल प्रविधि र अनलाइनबाट भइरहेका व्यवसायबाट कर संकलन गर्न नसकेको बताए ।

डिजिटलाइजेसनमा आधारित ठुलो बजार खडा भइसकेको छ । तर त्यहाँ आन्तरिक राजस्व कार्यालयले केही गर्न सकेको अवस्था छैन, उनले भने,भन्सार कार्यालयले आफूलाई पनि अपडेट गर्नुपर्ने अवस्था आएको छ ।

मन्त्री महतले पछिल्लो समयमा राजस्व कम हुनुमा डिजेल र पेट्रोल गाडीको प्रयोग कम हुनुलाई समेत उदाहरणकारुपमा लिए । हामी डिजेलरपेट्रोल गाडी आयात गर्थ्यौं, त्यसबाट ठुलो राजस्व जम्मा हुन्थ्यो । तर अहिले इभीको प्रयोग बढेको छ । र इभी नेपालमै बनिरहेको छ, उनले भने, यसबाट मात्रै पनि सरकारी ढुकुटीमा राजस्वको करिब ३४ ३५ अर्व रुपैयाँ कम भएको देखिन्छ । उनले अनलाइन प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको बताए ।