Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक १७.५६ अंकले घटे


नेप्से परिसूचक १७.५६ अंकले  घटे

काठमाडौं, मंगलबार सेयरका सबै परिसूचक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।यस दिन नेप्से परिसूचक १७.५६ अंकले  घटेर १९५८.७२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ इण्डेक्स १.३२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २८१ स्टकको ५५ हजार ९६ पटकको कारोबारमा १ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको ३९ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ७.९१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन घलेम्दी हाइड्रोको शेयरमूल्य ७.८१ प्रतिशत बढेको छ भने हिमालयन लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक साढे ७ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआईसी एशियाको ५ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन। जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढी घटेका  छन्।