Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुरका सहकारीमा फसेको रकम उठाइदिने भन्दै बचतकर्तालाई १० देखि २५ प्रतिशतसम्म कमिसनको प्रस्ताव, ‘सेटलमेन्ट’भित्र पनि ‘सेटलमेन्ट’

यस्ता प्रस्तावबाट बचतकर्ता सचेत हुनुपर्छः विज्ञहरु


कीर्तिपुरका सहकारीमा फसेको रकम उठाइदिने भन्दै बचतकर्तालाई १० देखि २५ प्रतिशतसम्म कमिसनको प्रस्ताव, ‘सेटलमेन्ट’भित्र पनि ‘सेटलमेन्ट’

काठमाडौं । नेपालीहरुको ठुलो पर्व दशैँ नजिकिए सँगै अहिले आम सर्वसाधारण आर्थिक जोह गर्न जुटेका छन् । पछिल्लो समय देशमा बढ्दो आर्थिक तरलता र त्यसपनि सहकारी संस्थाहरुले बचतफिर्ता गर्न नसकेको अवस्थामा सर्वसाधारणको दशैँ यो पटक पनि खल्लो हुने निष्चीत छ । तर, यसबीचमा सहकारी संस्थामा फसेको रकम सजिलै झिकिदिने भन्दै केहि व्यक्ती र समुहले स्थानीय बचतकर्ताबाट ठुलो रकमको बार्गिनिङ गरिरहेको घटनाहरु सुन्नमा आएका छन् ।

यता, सहकारी संस्थाबाट रकम उठाइदिए बाफत कमिसन लिने र उता सहकारी संस्थाहरुमा बढ्दो बचतफिर्ताको चापलाई कमगरिदिने भन्दै दोहोरो कमिसनको प्रस्ताव आइरहेको केहि सहकारीकर्मीहरुले नै गुनासो पोख्न थालेका छन् । यहि बीचमा कीर्तिपुरका केहि सहकारी संस्थाबाट रकम उठाइदिने भन्दै केहि व्यक्तीहरुले बचतकर्तासँग ठुलो रकमको प्रस्ताव गरिरहेको खुल्न आएको छ ।

केहि अमुख व्यक्तीहरुले दशैँअघि सहकारी संस्थाबाट आधा रकम उठाइदिने भन्दै बचतकर्ताहरुलाई प्रभावमा पार्ने गरेको खुल्न आएको हो । कीर्तिपुरका केहि सहकारीमा अहिले आर्थिक तरलता बढ्दो छ । यहि अवस्थालाई केहि व्यक्तीहरुले संघर्ष समितिको नाममा, राजनीतिक दल, टोले गुण्डा तथा केहि समुहका तर्फबाट बचतकर्तालाई फोन गर्न थालेको पाईएको हो ।

कतिले बचतकर्ताबाट १० देखि २५ प्रतिशतसम्म रकम माग गरिरहेको एक बचतकर्ताले बताए । उनले भने, ‘केहि दिन अघि मलाई फोन आयो..मेरो कुनै एक सहकारीमा दुई करोड रकम बचत छ । जग्गा विक्रि गरेको बचत गरेको थिए । सहकारीले समयमै ब्याज दिइरहेको छ, सबै ठिक छ तर, सहकारीमा समस्या आउन सक्ने डर देखाई रकम उठाउने प्रस्ताव आएको छ ।

अहिले सहकारी संस्थाहरुमा देखिएको तरलताकाबीच मेरो रकम फिर्ता हुन ढिला हुन्छ कि भन्ने मनमा लागिरहेको थियो, तर फोनमा १० प्रतिशत दिनेभए पैसा उठाइदिने प्रस्ताव आएको छ’ । उनले भने, ‘यदि यस्तै हो भने अब के हुन्छ ? यसरी सहकारी संस्थामात्रै समस्यामा पर्दैनन्,दुःख सुखगरि बचत गरेका हामी बचतकर्तापनि समस्यामा पर्ने भयौं ।

उनले भने, कोहि राजनीतिक दलको आडमा कोहि टोले गुण्डाको आडमा त, कतिले संघर्ष समितिका नाममा सहकारी संस्थाबाट रकम उठाउने भन्दै बजारमा हल्ला चलेको छ, यस विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण आवश्यक छ । चाडपर्वको मौकामा यसै सर्वसाधानरण ठगिएका छौं त्यसपनि सहकारी संस्थाले बचतकर्तालाई रकम दिन नसकेको अबस्थामा बचतकर्ताले कसरी कमिसन दिन्छ ? कीर्तिपुरकै केहि नाम चलेका सहकारीमा थप समस्या छ । जसको फाईदा बचतकर्ताले नभइ केहि अमुख व्यक्तीले उठाउन खोजिरहेका छन् ।


कहिले समाचार रोक्ने त, कहिले समाचार ‘डिलिट’ गर्ने दवाव विजनेस दर्शनले पनि झेल्दै आइरहेको छ । बचतकर्ताहरुले के बुझ्न आवश्यक छ, भने सहकारी संस्थाहरुमा रकम फसेको नभइ सहकारी संस्थाहरुले आर्थिक तरलता झेलिरहेका हुन । अहिले कीर्तिपुरका अधिकांस सहकारीहरुले आफ्नो सम्पत्ति व्यवस्थापनबाटै रकम फिर्ता गर्न सक्ने हैसियतमा रहेको एक सहकारीकर्मीले बताए । केहि ढिलासुत्ती मात्रै भएको हो, धैयता आवश्यक छ, उनले भने । तर, व्यक्ती तथा समुहहरुले आर्थिक स्वार्थकालागि बचतकर्तालाई प्रभावमा पारिरहेको देखिन्छ