Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वाहृय पर्यटकको संख्या बढेसँगै होटलहरूको नाफा बढ्यो


वाहृय पर्यटकको संख्या बढेसँगै होटलहरूको नाफा बढ्यो

काठमाडौं, भदौ १ । नेपालमा वाहृय पर्यटकको संख्या बढेसँगै गत आर्थिक वर्ष होटलहरुको नाफा पनि बढेको छ । धितोपत्र बजारमा सूचीकृत होटलहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९,८० को वित्तीय प्रतिवेदनअनुसार नाफामा उल्लेख्य वृद्धि देखिएको हो । पर्यटन बोर्डका अनुसार सन् २०२२ मा कुल ६ लाख १४ हजार विद‍ेशी पर्यटक नेपाल आएका छन् । कोभिड १९ सुरु भएपछि सुस्ताएको पर्यटन क्षेत्रमा क्रमिक रुपमा सुधार देखिएसँगै होटलहरूको कुल आम्दानी नै वृद्धि भएको छ । तारागाउँ रिजेन्सी (हायात) होटलको नाफा अघिल्लो आर्थिक वर्ष २०७८,७९ को तुलनामा दोब्बर भएको छ । कम्पनीले गत आर्थिक वर्ष खुद ३८ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्ष कम्पनीको नाफा १९ करोड ५ लाख रुपैयाँ थियो । सो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि १० रुपैयाँ १० पैसाबाट बढेर २० रुपैयाँ २८ पैसा पुगेको छ । त्यस्तै सोल्टी होटलले गत आर्थिक वर्ष ५४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८,७९ मा कम्पनीको खुद नाफा जम्मा २९ करोड ७२ लाख रुपैयाँ बराबर थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५३ पैसाबाट बढेर ६ रुपैयाँ १६ पैसा पुगेको छ । ओरियन्टल होटल (र्‍याडिसन) आर्थिक वर्ष २०७८,७९ मा २ करोड ४६ लाख रुपैयाँ बराबर नोक्सानमा गएकोमा गत आर्थिक वर्ष भने १७ करोड ८४ लाख रुपैयाँ बराबर खुद नाफा कमाएको छ ।

हालै बजारमा सूचीकृत सिटी होटलको भने कुल आम्दानी बढे पनि नोक्सानीमा देखिएको छ । कम्पनीले गत आर्थिक वर्ष २७ करोड ३६ लाख रुपैयाँ बराबर खुद नोक्सानी ब्यहोरेको छ । सो कम्पनीको कुल आम्दानी भने १९ करोड ४७ लाखबाट बढेर ५० करोड ९३ लाख रुपैयाँ पुगेको छ । धितोपत्र बजारमा होटल तथा पर्यटन उपसमूहमा सूचीकृत चन्द्रागिरि हिल्सले गत आर्थिक वर्ष १५ करोड ११ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष जम्मा १ करोड ६८ लाख नाफा कमाएको थियो ।

नाफा बढेसँगै प्रतिसेयर आम्दानी १ रुपैयाँ १० पैसाबाट बढेर ९ रुपैयाँ ८५ पैसा पुगेको छ । कालिन्चोक दर्शनले गत आर्थिक वर्ष कुल ३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष १ करोड ४८ लाख कमाएको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९ पैसाबाट बढेर ५ रुपैयाँ ९६ पैसा पुगेको छ ।