Sunday, August 03, 2025

२०८२ श्रावण १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको निक्षेप घट्यो


पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको निक्षेप घट्यो

काठमाडौं, भदौ १५। बैंकहरुले निक्षेप तान्न ब्याजदर बढाएपनि पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको निक्षेप घटेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार असार मसान्तसम्म ५७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भदौ १४ गतेसम्म आइपुग्दा सो निक्षेप साढे १ खर्बले घटेको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तिय संस्थाको निक्षेप १ खर्ब ५१ अर्ब रुपैयाँले घटेर ५६ खर्ब २० अर्ब भएको छ। साउन र भदौ १४ गतेसम्मको तथ्यांकले निक्षेप घट्दै गएको देखाउँछ । यता कर्जा प्रवाह पनि हुन सकेको देखिदैन ।गत असार मसान्तसम्म ४८ खर्ब ७८ अर्ब कर्जा लगानीमा रहेको राष्ट्र बैंकको तथ्यांक छ । त्यसपछिको डेढ महिनामा पनि कर्जा लगानी विस्तार हुन सकेको देखिदैन ।

यो अवधिमा कर्जा लगानी १ अर्बले घटेको छ । अहिले बाणिज्य बैंक (क वर्गको) हरुको मात्र ४९ खर्ब ४७ अर्ब निक्षेप छ भने अन्य बैंक तथा वित्तिय संस्थाको ६ खर्ब ७३ अर्ब रुपैयाँ रहेको छ । यस्तै बाणिज्य बैंकहरुको मात्र ४३ खर्ब १६ अर्ब कर्जा लगानीमा छ भने अन्य बैंक तथा वित्तिय संस्थाको ५ खर्ब ६१ अर्ब रुपैयाँ रहेको छ ।