Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राज्य व्यवस्था समितिले एनसेल बिक्री प्रकरणमा प्रधानमन्त्रीसँग जानकारी लिने


राज्य व्यवस्था समितिले एनसेल बिक्री प्रकरणमा प्रधानमन्त्रीसँग जानकारी लिने

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे प्रधानमन्त्रीसँग जानकारी लिने भएको छ । समितिले एनसेल प्रकरणमा के? के भएको हो ? त्यसबारे जानकारीसहित समितिमा उपस्थित हुन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कलमबारे जानकारी लिन प्रधानमन्त्री दाहाललाई बोलाउने निर्णय गरेको समितिका सभापति रामहरि खतिवडाले बताए ।

यो प्रकरणमा अरुले पनि काम गरिरहेका छन् । तर प्रधानमन्त्री कार्यालय राज्य व्यवस्था समिति मातहत हो, खतिवडाले ईकान्तिपुरसँग भने, वास्तवमा त्यसमा के कस्तो अनियमितता भएको हो ? खास अवस्था के हो ? त्यसबारे सरकारले के गरिरहेको छ ? हामीले प्रधानमन्त्रीलाई समितिमा बोलाउने र जवाफ लिने निर्णय गरेका छौं । उनले प्रधानमन्त्रीसँग समय लिएर कार्यक्रमको मिति तय हुने बताए ।

उनका अनुसार समितिले शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र पठाएको छ । समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीको विषयमा शंकास्पद रहेको धारणा राखेका थिए । समितिको बैठकमा सांसदहरुले राजनीतिक र प्रशासनिक नेतृत्वको संलग्नता विना यति ठूलो अनियमितता हुनै नसक्ने भन्दै त्यसबारे प्रधानमन्त्रीले प्रस्ट जवाफ दिनुपर्ने माग गरेका  थिए ।