Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एमाले नेता भीम रावल निष्काशित, पाण्डे र तिम्सिनालाई कारबाही


एमाले नेता भीम रावल निष्काशित, पाण्डे र तिम्सिनालाई कारबाही

काठमाडौँ । नेकपा एमालेले नेताहरू भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई कारबाही गरेको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई साधारण सदस्यबाट समेत निष्कासन गरेको हो भने पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको हो ।

व्यवसायी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालय बनाउन एमालेले दान लिएको विषयलाई आलोचना गरेको र त्यसप्रति असहमति जनाउँदै सामाजिक संजालमा उल्लेख गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको बताइएको छ । उनीहरूलाई कात्तिक ४ मा स्पष्टीकरण सोधिएको थियो ।

पाण्डे र तिम्सिनाले कात्तिक १२ मा स्पष्टीकरण दिँदै ‘एउटै व्यक्तिको दानबाट पार्टी मुख्यालय बनाउने निर्णय गलत भएको टिप्पणी गर्नु कारबाहीको विषय नभएको’ बताएका थिए । एमालेमा निष्क्रिय रहेका रावलले भने स्पष्टीकरण नै दिएका थिएनन् ।