काठमाडौं । अरुणभ्याली हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्कासन खुला गरेको छ । कम्पनीले हालको चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीको हकप्रद सेयरमा गत माघ १४ गतेसम्म कायम सेयरधनीले शत प्रतिशत सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा चैत ७ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । अनलाइन प्रणाली मेरोसेयरमार्फत हकप्रद सेयरमा आवेदन दिन सकिनेछ ।