Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निजामती सेवा दिवस विविध कार्यक्रमगरि मनाइँदै


निजामती सेवा दिवस विविध कार्यक्रमगरि मनाइँदै

काठमाडौं । निजामती सेवा दिवस विविध कार्यक्रमसाथ मनाइँदैछ । सरकारले २०६२ सालदेखि हरेक वर्षको भदौ २२ गते यो दिवस मनाउँदै आएको छ । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो ।

तर, नियमित दिवस मनाउने प्रचलन पछिल्लो समयमा मात्र भयो । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । निजामती दिवसका दिन सरकारले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत, सेवानिवृत्तलाई सम्मानसमेत गर्दै आएको छ । जसअनुसार यो वर्ष ४० जना कर्मचारी पुरस्कृत हुँदैछन् ।

हिजोमात्र संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० सदनमा पेश गर्ने क्याविनेटले निर्णय गरेको छ । यस वर्ष दिवसको नारा ‘व्यावसायिक सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ तय गरिएको छ । मुख्यसचिव बैकुण्ठ अर्यालले निजामती सेवालाई समयानुकूल सुधार्दै देश र जनताको हितप्रति प्रतिबद्ध, समर्पित र उत्प्रेरित तुल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।