Friday, September 19, 2025

२०८२ आश्विन ३, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द


धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया फेरी विवादमा आएको छ । कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामा २ जना मात्र उपस्थित भएपछि राष्ट्रिय योजना आयोगको संयोजकत्वमा गठित अध्यक्ष छनोट सिफारिस समितिले उक्त प्रक्रिया शुक्रबार रद्द गरेको हो । सूचनामा प्रक्रिया रद्द गर्नुको कारण कारण केही बताइएको छैन् ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिको २०८१—०३—१४ को निर्णयअनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्त नाम सिफारिस गर्नको लागि २०८०—११—१६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौटसम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको छ,समितिले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । समितिका सदस्यहरुबीच कति जनालाई सिफारिस गर्ने भन्ने मतभेद भएपछि बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द हुन पुगेको हो ।