Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुई सयभन्दा बढीलाई ठगेर भारतिय नागरिक बेपत्ता


दुई सयभन्दा बढीलाई ठगेर भारतिय नागरिक बेपत्ता

काठमाडौं । भारतको पश्चिम बंगालस्थित राजगन्ज स्थायी ठेगाना भएका पंकज अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा धेरै सर्वसाधारण एवं व्यापारीलाई ठगेर बेपत्ता भएका छन् । झापाको बिर्तामोडमा ‘पंकज चामल भण्डार’ नामको पसल सञ्चालन गर्दै आएका उनी व्यवसायीहरूबाट अलैंची र नगद लिएर एक महिनादेखि बेपत्ता भएका हुन् ।

उनी श्रीमती, बुबा, आमा र छोरीहरूसँग बिर्तामोडमा बस्दै आएका थिए । अग्रवाल सपरिवार एक महिना अघिदेखि बेपत्ता भएको भन्दै पीडितले प्रहरीमा उजुरी गरेका छन् । उनका बुबा भारतबाट आएर ५० वर्षदेखि बिर्तामोडमा व्यापार गर्दै आएका थिए । पंकजको नाममा झापाबाटै ०४–०१–६९–१०९५३ नम्बरको नागरिकता जारी भएको छ ।

पंकजलाई गोदाम राख्न घर भाडामा दिएका गनबहादुर तामाङका अनुसार बुबाकै पालादेखि स्थापित व्यवसायीको पहिचान बनाएका पंकज इलाम, सुनसरी, झापा र पाँचथरका ग्रामीण बजारसम्म घुमेर चामल व्यापार गर्थे । पाँचथरको घुर्बिसे पञ्चमीका व्यवसायी युद्वबहादुर बोहराका अनुसार बजार भाउभन्दा केही सस्तो र उधारो बेच्दै आएका उनी कारोबारीसँग ब्याज मराउनीमा चामल र तेलजस्ता खाद्य वस्तु दिन्थे ।

आफूले अग्रवाललाई १० लाख रुपैयाँ नगद दिएको पनि उनले बताए । अग्रवालले पाँच जिल्लाका २ सयभन्दा धेरै व्यवसायीसँग न्यूनतम २५ हजारदेखि अधिकतम ८० लाख रुपैयाँसम्म ठगेर भागेको प्रहरीमा पीडितहरूले दिएको सापटी र ब्याज मराउनीमा लिएको उजुरीमा उल्लेख छ । उनले सबैगरी ८० करोडभन्दा धेरै रकम लिएर भागेको कारोबारीहरू बताउँछन् ।