Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गढीमाई मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूको गरगहना चोरी गर्ने तीन जना पक्राउ


गढीमाई मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूको गरगहना चोरी गर्ने तीन जना पक्राउ

बारा । बाराको गढीमाई मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूको गरगहना चोरी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नं. १६ बस्ने शम्भु राय यादव, वडा नं.२० बस्ने सन्दिप राय यादव र पकाहा मैनपुर गाउँपालिका वडा नं.५ बस्ने पवन यादव रहेका छन् ।

मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुको सिक्रीलगायतको गरगहना उनीहरू चोर्दै आएका थिए । मेलामा जडान सिसीटिभी क्यामरामा हेर्दा तीनै जनालाई पहिचान गरी पक्राउ गरिएको महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र यादवले बताए ।

शनिबार दर्शनार्थीको पाइन्टको खल्तीबाट पैसा झिक्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्नको लागि जिल्ला प्रaहरी कार्यालय बाराको जिम्मा लगाइएको समेत नगरप्रमुख यादवले बताए ।

मङ्सिर १ गतेदेखि सुरु हुने मेलामा आउने दर्शनार्थीको सुरक्षाको लागि २० ठाउँमा सिसी टिभी क्यामरा जडान गरिएको र बाँकी १० वटा अझै थप्ने काम भइरहेको महागढीमाई नगरपालिकाले जनाएको छ ।