Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

माघ तेस्रो साताबाट हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी: मन्त्री रेखा शर्मा


माघ तेस्रो साताबाट हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी: मन्त्री रेखा शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको बताइएकी छन् । शुक्रबार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ लाई प्रतिस्थापन गर्नेगरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा बोल्नुहुँदै मन्त्री शर्माले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी थालेको बताइन ।

मन्त्री शर्माले आगामी संसद अधिवेशनमा पेस गर्नेगरी सरकारले चलचित्र सम्बन्धी ऐन तयारी गरिरहेको पनि बताइन । उनले नेपाली चलचित्रलाई राम्रो बनाई विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था भएकाले चलचित्रको गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको जानकारी दिइन । उनले नेपाली चलचित्र विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न योग्य बनाउनुपर्ने बताइन ।


‘‘चलचित्रसम्बन्धी विधेयक अहिले हामीले अर्थ र कानुन मन्त्रालयमा सैद्धान्तिक स्वीकृतिका लागि पत्र पठाइसकेका छौँ । त्यो स्वीकृति भएर आउने क्रम जारी छ । त्यो छिटै नै आउँछ र हामी आउने अधिवेशन माघको १८ वा २० तिरबाट अधिवेशन सुरु हुन्छ । संसद् अधिवेशनमा पेस गर्ने गरेर हामीले यो चलचित्रसम्बन्धी ऐनलाई तयारी गरेर पठाउने तयारीमा छौँ । यसबाट नेपालको चलचित्र क्षेत्रमा हामीले बनाउने कानुनले महत्त्वपूर्ण अर्थ राख्नेछ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘अहिले प्रतिस्पर्धाको जमाना छ ।

नेपाली चलचित्रलाई राम्रो बनाई विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न योग्य हाम्रा चलचित्र बनाउनुपर्नेछ । अहिले हामीलाई बाहिरका चलचित्र चल्छन्, तर नेपाली चलचित्र चल्दैनन् भन्ने छ । कलाकारलाई समस्या छ ।

यो समस्या हटाउन हामीले छलफल गर्नुपर्छ । गुणस्तरीयतामा हामीले विशेष ध्यान दिनुपर्छ । राज्यले पनि स्वदेशी चलचित्रको प्रमोसनका लागि के गर्दा फाइदा हुन्छ, त्यो विषयमा बढी ध्यान दिनुपर्छ ।’’मन्त्री शर्माले राज्यले पनि स्वदेशी चलचित्रको प्रवर्धनमा बढी ध्यान दिन आवश्यक रहेकोमा जोड दिइन ।