Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम


सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम

काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ९ सयले बढी हो । तीन दिनदेखि सुनले उच्च मूल्य रेकर्ड बनाइरहेको छ । यसअघि आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ तथा सोमबार १ लाख ४६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८८५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८७५ रुपैयाँ कायम भएको छ ।