Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ऋषि पञ्चमी मनाइँदै


ऋषि पञ्चमी मनाइँदै

काठमाडौं । तीजलगत्तै भाद्र शुक्ल पञ्चमीका दिन आज नेपाली हिन्दु महिलाहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँदैछन् । हरितालिकाको व्रत समापनको लागि महिलाहरुले गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । मंगलबार बिहान टेकु दोभानमा महिलाहरु स्नानका लागि पुगेका छन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।