काठमाडौं । रोयल इन्फिल्डले नेपाली व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा नेपालमै मोटरसाइकल एसेम्बल गर्न सिकेडी युनिट सञ्चालन गर्ने घोषणा गरेको छ । कम्पनीले वीरगन्जमा उत्पादन केन्द्र स्थापना गर्न लागेको हो । भारतको तामिलनाडुमा रहेको रोयल इन्फिल्डको प्रमुख उत्पादन केन्द्र बाहेक विश्वको चार स्थान (ब्राजिल, थाइल्यान्ड, कोलम्बिया र अर्जेन्टिना) मा सिकेडी एसेम्बली युनिट छन् ।
नेपालमा बन्ने सिकेडी युनिट पाँचौँ हो । यस युनिटको स्थापनाले सार्क क्षेत्रमा नै आफ्नो व्यापार विस्तार गर्न मद्दत पुग्ने विश्वास कम्पनीको छ । पछिल्ला केही वर्षमा विश्वव्यापी रूपमा मध्यम आकारको मोटरसाइकलको विकास र विस्तार गर्ने हाम्रो प्रयास छ। अन्तर्राष्ट्रिय स्तरमा हामीले ठुलो सफलता पनि हासिल गरेका छौ।
रोयल इन्फिल्ड अब बेलायत, कोरिया, अस्ट्रेलिया, न्युजिल्यान्ड जस्ता बजारहरूमा मध्यम–खण्डका मोटरसाइकल ब्रान्डहरूमध्ये शीर्ष स्थानमा छ,’ रोयल इन्फिल्डका सिइओबी गोविन्दराजनले नेपालमा सिकेडी युनिटको उद्घाटन भएकोमा यसमा संलग्न टोलीलाई शुभकामनम दिँदै कम्पनीको विश्वव्यापी महत्तवाकांक्षा धारणा राखेको हो । कम्पनीले आजै २ नयाँ बाइक पनि सार्वजनिक गरेको छ ।
कम्पनीले नयाँ टाइमलेस क्लासिक ३५० र एडिभी क्रसओभर स्क्र्याम ४११ लन्च गरेको हो । रोयल इन्फिल्डका सिसिओ यादवविन्द्र सिंह गुलेरियाले २ बाइकसँगै नेपालमा नयाँ सिकेडी युनिट सञ्चालन गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । उनले नेपालमा बजार विस्तार गर्ने प्रतिबद्धता जनाउँदै आगामी वर्षमा ३५ वटा नेटवर्क विस्तार गर्ने बताएका छन् । हाल कम्पनी १८ रिटेल नेटवर्क छन् ।