Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

३४ करोड ८० लाख ७१ हजार रुपैयाँ लागतमा भद्रकाली मन्दिर परिसरका संरचना पुनःनिर्माण सुरु

भवनको क्षेत्रफल ३९ हजार स्क्वायर फिट हुने


३४ करोड ८० लाख ७१ हजार रुपैयाँ लागतमा भद्रकाली मन्दिर परिसरका संरचना पुनःनिर्माण सुरु

काठमाडौँ । महाभूकम्पले जिर्ण बनेको भद्रकाली मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनःनिर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गरेर पुनःनिर्माण थालनी गरेकी छन् । मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् ।

यसको पुननिर्माणको लागत अनुमान ३६ करोड रुपैयाँ रहने छ । सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालका अनुसार ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ कवोल गर्ने तुल्सी अम्बुजा जेभीले पुनःनिर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग गएको ज्येष्ठ ६ गते सम्झौता गरेर असार ३ गते कार्यादेश दिइएको छ । यसको निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ ।
कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछ ।

छानो झिँगटीको हुनेछ । यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो । पुननिर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन (अवस्था तथा तथ्यको विवरण) तयार पार्ने काम पुरातत्व विभागलाई दिइएको छ ।


अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्नेछ । शिलान्यासपछि उपप्रमुख डंगोलले, भद्रकाली सबै श्रद्धालुहरुको आस्थाको देवता भएको उल्लेख गर्दै यसको प्राचीनता बचाएपछि सबैले गर्व गर्न लायक स्मारक हुने बताइन ।